Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गैर आवासीय नेपालीका ज्ञान, सीप र पुँजीलाई उपयोग गर्न राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौ. । राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पुँजीलाई मुलुकको हितका लागि उपयोग गर्न आग्रह गरेकी छन् ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएन) को १०औँ विश्व सम्मेलनलाई आज सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउन गैर आवासीय नेपालीले खेलेको भूमिकाको प्रशंसा गरेकी हुन् ।

उनले कोभिड–१९ को महामारी, विनाशकारी भूकम्प जस्ता विपद् र अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गरेर एनआरएनएले आफ्नो भूमिका बढाएको र यो क्रमलाई अझ निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

सङ्घका पूर्व अध्यक्ष भवन भट्टले महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक करोड राशिको ‘भवन प्राइज’ पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077