Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

४१ अंकले ओरालो लाग्यो नेप्से, अपि पावरको सर्वाधिक कारोबार

काठमाडौं । आइतबार पनि शेयर बजारको ओरालो यात्रामा नै देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ विन्दुमा झरेको छ । नेप्से १.५९ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.५५ अंकले घटेर ४७९.३९ विन्दुमा झरेको छ ।

अन्तिम समयसम्म कारोबारमा आएका कूल २३२ वटा कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १६ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहको शेयर घटेको छ । नन लाइफ इन्स्योरेन्स उपसमूहको शेयर मात्र बढेको हो ।

अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २७ करोड ५६ लाख ७४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077