Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मैत्रीपूर्ण फुटबल : नेपाली टोली थाइल्यान्डको चोनबुरी क्लबसँग पनि पराजित

काठमाडौ. । मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डको चोनबरी एफसीसँग हारेको छ । थाइल्यान्डमा आज भएको मैत्रीपूर्ण फुटबलमा नेपाली टोली चोनबरीसँग तीन–एक गोलले हारेको हो ।

पहिलो हाफमा एक गोल गरेको चोनबरीले दोस्रो हाफमा अरू दुई गोल गर्‍यो । नेपालका लागि ८३ औँ मिनेटमा दर्शन गुरुङले एक गोल गरे ।

यसअघि थाइल्यान्डसँग भएको मैत्रीपूर्ण फुटबलमा नेपाल दुई–शून्य गोलले पराजित भएको थियो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपाल मैत्रीपूर्ण फुटबल खेल्न थाइल्यान्ड पुगेको हो ।

नेपाल एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीमा छ । तेस्रो चरणको छनोट खेलमा नेपालले जेठ २५ गते जोर्डन, चैत २८ मा कुवेत र चैत ३१ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077