Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने अध्यक्ष ओलीको दाबी

    नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने अध्यक्ष ओलीको दाबी

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 936
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने दाबी गरेका छन् ।

    कपिलवस्तुको तौलिहवामा आज सोमवार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने दाबी गरेका हुन् ।



    उनले देशको विकास गर्नका लागि भएपनि एमालेले जित्नुपर्ने बताए । नेपाली कांग्रेस र अन्य दलबीच सरकार टिकाउन मात्र गठबन्धन गरिएको उनले आरोप लगाए । शिक्षा, स्वास्थ्य, कृषि, विमानस्थल निर्माणलगायत काम आफ्नो पालामा भएको अध्यक्ष ओलीले दाबी गरे ।



    कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले आउँदो स्थानीय तहको चुनावमा एमालेको जितलाई कसैले रोक्न नसक्ने बताए । आजै एमालेमा प्रवेश गर्नुभएका सांसद वृजेशकुमार गुप्ताले मधेसको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार