Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ऊर्जामन्त्री पम्फा भुसालद्धारा १३२ केभीको लाहाचोक सबस्टेशन उद्घाटन

काठमाडौ. । नयाँ मोदी–लेखनाथ एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना अन्तर्गत लाहाचोक सबस्टेशन उद्घाटन भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आज सोमवार आयोजनाअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ मा निर्माण गरिएको एक सय ३२ लाहाचोक सबस्टेशन उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा भारतीय पक्षको तर्फबाट भारतीय विदेश मन्त्रालयका सह सचिव श्री श्रीधरण मधुसूधनन नेतृत्वको टोली लगायत विदेश मन्त्रालय, एक्जिम बैंक र भारतीय राजदूतावासका वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

सबस्टेशनमा १३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी, आट एमभीएका पावर ट्रान्सफर्मरहरू रहेका छन् । सबस्टेशनमा स्थानीय रूपमा बिजुली आपूर्तिका लागि ३३ केभीको एउटा लाइन बे र चार वटा ११ केभीका फिडरहरू रहेका छन् ।

नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको मोदी गाउँपालिका २ देउपुरमा रहेको सबस्टेशनबाट लाहाचोकसम्मको एक सय ३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भइ सञ्चालनमा आइसकेको छ । नयाँ मोदी एक सय ३२ केभी स्विचिङ स्टेशनमार्फत मोदी जलविद्युत् केन्द्र हुँदै लाहाचोक सबस्टेशन राष्ट्रिय ग्रिडमा जोडिएको छ । साथै सबस्टेशनबाट हेम्जा ३३/११ केभी सबस्टेशन पनि जोडिने छ ।

लाहाचोक सबस्टेशनबाट कास्कीको माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा बिजुली आपूर्ति दिइएको छ । यसबाट त्यस क्षेत्रको बिजुली आपूर्ति गुणस्तरीय र भरपर्दो भएको छ ।

कुल अनुमानित लागत दुई अर्ब २४ करोड रुपैयाँ रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र आयात निर्यात (एक्जिम) बैंक भारतको सहुलियतपूर्ण ऋण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077