Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर समूहलाई संसदीय समितिमा नसमेटे आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नेपाली कांग्रेस शेखर कोइराला समूहका नेताहरूले १४औं महाधिवेशमा प्राप्त ४० प्रतिशत मतलाई सभापतिले बेवास्ता गरे आन्दोलनमा जाने बताएका छन् ।

संसदीय समिति गठन गर्दा शेखर कोइराला समूहका वरिष्ठ नेताहरुलाई नसमेटिए देशभर आन्दोलन गर्ने र पार्टी सभापतिलाई घेराबन्दी गर्नेसमेत चेतावनी दिएका हुन् ।

चैत १४ गते आयोजित खबरदारी सभाको समीक्षा गर्न महामन्त्री गगन थापाको सचिवालय ज्ञानेश्वरमा भएको छलफलमा सहभागीहरूले कांग्रेसको भातृसंस्थालगायत आगामी तीनै तहको निर्वाचनमा शेखर कोइराला समूहलाई समान अवसर र न्यायोचित व्‍यवस्थापन नभए विद्रोह हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077