Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीन भ्रमणमा रुसी विदेशमन्त्री, भारत पनि पुग्ने

एजेन्सी । अफगानिस्तानका छिमेकी मुलुकहरुबीचको तेस्रो बैठकमा भाग लिन रूसी विदेशमन्त्री सर्जेई लाभरोभ चीन पुगेका छन्।

बुधबार लाभरोभ चिनियाँ सहर टुन्सीमा ओर्लिएका हुन् ।

रुसको मन्त्रालयका अनुसार लाभरोभले बुधबार चिनियाँ समकक्षी वाङ यीलगायत अन्य चिनियाँ शीर्ष अधिकारीहरुसँग पनि वार्ता गर्नेछन् ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता पहिलोपटक रुसी विदेशमन्त्रीले चीनको भ्रमण गरेका हुन्। चीनको भ्रमण सकेर बिहीबार लाभरोभ भारत भ्रमणमा जानेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077