Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काण्डै काण्डले रुपन्देहीबाट तानिएका एसपी पोखरेललाई सर्लाहीको जिम्मा

काठमाडौं । तारे होटलबाट अवैध रुपमा अनलाईन गेम (जुवा) खेलाउने गिरोहसँग आर्थिक लाभ लिएर संरक्षण गरेको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट आठ महिनामै तानिएका एसपी प्रविण पोखरेलाई सर्लाहीको जिम्मा दिइएको छ ।

काण्डै काण्डमा मुछिएर ८ महिनामै हेडक्वार्टर तानिएका पोखरेललाई आईजीपी शैलेश थापा क्षेत्रीले पुरस्कृत गरी जिल्ला प्रमुख बनाएर सर्लाही पठाएका हुन् ।

चार महिना अघि मात्रै जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुख बनेर गएका एसपी कृष्ण प्रसाई पनि आर्थिक कारणले विवादमा मुछिएपछि उनलाई हेडक्वार्टर तानेर पोखरेललाई पठाइएको हो ।

आर्थिक अनियमिततामा मुछिएका एसपी पोखरेल त्यतिबेला मदिराले मात्तिएर चलाएको गाडीले पैदल यात्रुलाई ठक्कर दिएर हत्या गर्ने चालकलाई उन्मुक्ति समेत दिन खोजेका थिए ।

पुस १७ गते लतिलोत्तमा नगरपालिका २ जानकीनगरमा मादक पदार्थ सेवन गरी गाडी हाँकेका प्रबिण शाक्यले पैदल हिंडिरहेका २४ बर्षीय महेन्द्र मरासिनीलाई ठक्कर दिँदा मरासिनीको मृत्‍यु भएको थियो।

तर, शाक्यलाई उन्मुक्ति दिन मुद्दा कमजोर बनाएर पेश गर्न एसपी पोखरेलले इलाका प्रहरी कार्यालय बुटवललाई दबाब दिएका थिए । शाक्यलाई कर्तब्य ज्यानमा मुद्दा नचलाई सवारी ज्यानमा मुद्दा चलाएर उन्मुक्ति दिन खोजिएको पीडित पक्षले कुरा उठाएका थिए।

पोखरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एसपी छँदा प्रहरीमा मन नपरेका व्यक्तिहरुलाई आफै उजुरी हाल्ने र फसाउने धन्दा चलाउँथे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077