Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • मन्त्रिपरिषद्को बैठक आज बस्दै, एआईजी बढुवाको निर्णय हुन सक्ने सम्भावना

    मन्त्रिपरिषद्को बैठक आज बस्दै, एआईजी बढुवाको निर्णय हुन सक्ने सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बैठक बस्न लागेको हो । बैठक नियमित कार्यतालिका अनुसार नै बस्न लागेको बताइएको छ ।



    मन्त्रिपरिषदको यो नियमित बैठक भएकाले विभिन्न मन्त्रालयबाट प्राप्त विषयमा छलफल हुने छ । स्थानीय चुनाव नजिकिएकाले चुनाव केन्द्रीत केही निर्णय हुन सक्ने सम्भावना छ ।



    आजको बैठकले प्रहरीमा थप गरिएका एआईजीमा बढुवाको निर्णय गर्न सक्ने जनाइएको छ ।

    लोकसेवा आयोगले बुधबार मात्रै नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्न गरेको सिफारिसलाई सदर गरेको थियो । यस्तै आजै सत्तागठबधनको बैठक समेत बस्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार