Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • निर्वाचनमा ठेकेदार उम्मेदवार हुन नपाइने व्यवस्थाप्रति व्यवसायी महासंघको आपत्ति

    निर्वाचनमा ठेकेदार उम्मेदवार हुन नपाइने व्यवस्थाप्रति व्यवसायी महासंघको आपत्ति

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्वाचनमा ठेकेदार उम्मेदवार हुन नपाइने व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    नेपालको संविधानमै राजनीतिक दल खोल्ने स्वतन्त्रता रहेको भन्दै सो व्यवस्था सच्याउन समेत महासंघले माग गरेको हो ।
    बिहीबार विज्ञप्ति जारी गरी महासंघले संवैधानिक एवम् मौलिक हक विपरीत भएकाले सो व्यवस्था सच्याउन माग गरेको हो ।



    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको थियो।



    आयोगले स्थानीय तहको ठेक्कापट्टा सम्बन्धी व्यवहारमा संलग्न नरहेको हुनुपर्ने र संलग्न भएको व्यक्तिले उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार