Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • आजको मौसम : यी तीनवटा प्रदेशमा वर्षाको सम्भावना

    आजको मौसम : यी तीनवटा प्रदेशमा वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 828
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल देशमा भारतको बिहार देखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही देशको अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।



    प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहरको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ।



    प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार