Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेन संकटबारे चिनियाँ राष्ट्रपति सीले सार्वजनिक गरे चारवटा सुझाव , मानवीय संकट रोक्न ईयूसँग सम्पर्कमा रहने

एजेन्सी। चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार ईयूका नेताहरूसँगको भिडियो बैठकमा हालको युक्रेन सङ्कटमा चीन र युरोपेली सङ्घले कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा चारवटा सुझावहरू प्रस्तुत गरेका छन्। विशेषगरी ईयूबीचको सञ्चार प्रवर्द्धनमा मुख्य भूमिका निर्वाह गर्ने , अमेरिका र नाटोबीच एक प्रभावकारी कदम तथा सुरक्षा ढाँचा निर्माण गर्न समाधान बिषयमा उनले जोड दिए।

ग्लोबल टाइम्सका अनुसार चीनले युक्रेन संकटमा कूटनीतिक रूपमा स्वतन्त्र हुन प्रोत्साहन दिँदै ईयूलाई व्यावहारिक समाधानहरू प्रस्ताव गरिरहेको छ। रुसलाई प्रतिबन्ध लगाउन र अमेरिकाद्वारा चीनलाई दबाब दिनुको सट्टा ईयूले आफ्नो भाग्य आफैं बनाउनुपर्ने आफ्नो सुरक्षाको लागि कदम चाल्नुपर्ने जिनपिङले वताए।

चिनियाँ राष्ट्रपति सीले शुक्रबार २३ औँ चीन-ईयू नेताहरूको बैठकमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँग भिडियो लिङ्कमार्फत भेट वार्ता गरे र द्विपक्षीय सहयोग र युक्रेन संकटबारे विचार आदानप्रदान गरे ।

'युक्रेनको अवस्था आज जुन अवस्थामा पुगेको छ, त्यसमा चीन गहिरो चिन्ता व्यक्त गर्दछ । युक्रेन मुद्दामा चीनको अडान स्थिर र स्पष्ट छ। चीन सधैं शान्तिको पक्षमा उभिएको छ र प्रत्येक मामिलाको योग्यताका आधारमा स्वतन्त्र रूपमा आफ्नो निष्कर्ष निकाल्छ।'

युक्रेन संकट समाधानका लागि सुझाव दिँदै सीले युक्रेन मुद्दाको राजनीतिक समाधानका लागि युरोपेली संघको प्रयासलाई चीनले समर्थन गर्ने र आफ्नै तरिकाले शान्ति वार्तालाई प्रोत्साहन गरिरहेको बताए। चीनले ठूलो मानवीय संकट रोक्न ईयूसँग सम्पर्कमा रहने पनि उनले जनाए ।

सीले युक्रेन संकटको मूल कारण युरोपमा वर्षौंदेखि निर्माण भएको क्षेत्रीय सुरक्षा तनाव रहेको बताए। आधारभूत समाधान भनेको सबै सम्बन्धित पक्षहरूको वैध सुरक्षा चिन्ताहरू समायोजन गर्नु हो। चीनले युरोप, विशेष गरी ईयूलाई प्राथमिक भूमिका खेल्न समर्थन गर्छ र वर्षौंदेखि उत्पन्न भएको तनावको सामना गर्न र सन्तुलित, प्रभावकारी र दिगो समाधान खोज्न युरोप, रुस, अमेरिका र नाटोलाई वार्ता गर्न अनुरोध गर्दछ।

चीन र युरोपेली संघले परिस्थितिलाई नियन्त्रणमा राख्न, संकटको फैलावट रोक्नका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विश्व अर्थतन्त्रको प्रणाली, नियम र जगलाई स्थिर राख्न जनताको विश्वास बढाउन आफूलाई प्रतिबद्ध गर्न आवश्यक रहेको पनि सीले औंल्याए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077