Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तानका प्रधानमन्त्रीको संसद् विघटन गर्ने प्रस्ताव राष्ट्रपतिद्वारा स्वीकृत

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको प्रस्तावमा राष्ट्रिय सभा विघटनलाई राष्ट्रपति आरिफ अल्वीले अनुमोदन गरेका छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको संविधानको धारा ५८(१) अन्तर्गत राष्ट्रिय सभा भंग गर्ने सिफारिसलाई स्वीकार गरेका हुन् ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइतबार देशलाई सम्बोधन गर्दै आफूले राष्ट्रपति आरिफ अल्वीलाई संसद् भंग गर्न सिफारिस गरेको र जनताले अब चुनावको तयारी गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077