Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल इमरान खान पदमा रहिरहने

इस्लामावाद । विघटित संसदका प्रधानमन्त्री इमरान खानले आफ्ना कर्तव्य जारी राख्ने पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले बताएका छन् । कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल खानले पाकिस्तानको संविधानको धारा २२४ ए बमोजिम आफ्ना कर्तव्य जारी राख्ने राष्ट्रपति अल्भीले बताएका हुन् ।

प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपति अल्भीले आइतबार संसद विघटन गरेका थिए । यसअघि प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ ।

तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले खानविरुद्धको प्रस्ताव खारेज गरेका हुन् । प्रस्ताव संविधानको धारा ५ विपरित भएको सुरीले बताएका थिए । प्रस्तावबारे मतदान हुने कार्यतालिका थियो ।

विपक्षी राजनीतिक दलहरुले सभामुख असद कैसरविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरीले बैठकको अध्यक्षता गरेका थिए ।

खानविरुद्धको प्रस्ताव खारेज भएपछि क्रुद्ध भएका विपक्षी सर्वोच्च अदालतमा पुगेका थिए । अदालतले यसबारे आज सुनुवाई गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077