Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनमा ह्वात्तै बढ्यो कारोना संक्रमण

एजेन्सी । चीनमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको बढ्यै छ ।

बुधबार एकै दिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यो महामारीको सुरुवातपछिकै ठूलो संख्या हो ।

कोभिडकै कारण सांघाइमा लकडाउन घोषणा गरिएको छ ।

सरकारले शून्य कोभिड नीति अबलम्बन गरिरहेको बताइरहेका बेला संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

निश्चित क्षेत्रमा लकडाउन, सामूहिक परीक्षण, यात्रामा कडाइजस्ता प्रावधानका कारण मार्चसम्म चीनमा कोभिड नियन्त्रणमा थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077