Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चीनको संघाईमा एकैदिन २० हजार जनामा कोरोना संक्रमण पुष्टि

एजेन्सी । चीनको संघाई सहरमा एकैदिन २० हजार नयाँ कोरोना संक्रमित थपिएका छन् ।

सहरभर कोरोना परीक्षण भइरहेको समयमा संघाईमा लगातार छैटौं दिन नयाँ संक्रमितको संख्या बढेको हो ।

बिहीबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १९ हजार ९८२ नयाँ संक्रमित थपिएका छन्।

नयाँ संक्रमितमध्ये लक्षण देखिएका संक्रमितको संख्या भने ३२२ मात्र छ। अघिल्लो दिन लक्षण सहितका संक्रमितको संख्या ३११ थियो। बाँकीमा भने कुनै लक्षण देखिएको छैन।

संघाईमा ओमिक्रोन भरियन्टसहितको कोरोना संक्रमण फैलिएसँगै ठूलो संख्यामा मानिसहरु संक्रमित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077