Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

इमरान खान भन्छन् - हामी टिस्यु पेपरको रूपमा प्रयोग गर्न सकिने देश होइनौं

एजेन्सी। संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा ‘विदेशी सरकार’ स्थापना गर्न आफूले सहन नसक्ने र त्यस्तो केही भएमा त्यसको समर्थनका लागि जनतासमक्ष जाने बताएका छन्।

राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले शुक्रबार भने, 'हामी टिस्यु पेपरको रूपमा प्रयोग गर्न सकिने देश होइनौं।'

उनले भने, 'म सर्वोच्च अदालतको निर्णयबाट निराश छु तर म पाकिस्तानको अदालत र सर्वोच्च अदालतको सम्मान गर्छु। बाहिरबाट षड्यन्त्र गरेर, विवेक किनेर भइरहेको नाटकको विरोध गर्नुपर्छ । यो तिम्रो कर्तव्य हो। यसले पाकिस्तान जीवित राष्ट्र हो भनेर देखाउँछ। इतिहासले कसैलाई कहिल्यै माफ गर्दैन। इतिहासले कसले कस्तो भूमिका खेलिरहेको छ भन्ने कुरा स्पष्ट गर्छ। सर्वोच्च अदालतको कुन फैसला राम्रो र कुन देशको हितमा छैन भन्ने इतिहासले बताउँछ । '

इमरान खानले भनेका छन्, ‘सबैले घरबाट बाहिर निस्किनुपर्छ र विदेशी लगानीमा हुने नाटकको विरोध गर्नुपर्छ, म तपाईसँगै हुनेछु । म पाकिस्तानविरुद्ध विदेशी षड्यन्त्र स्वीकार गर्दिन।'

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077