Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कांग्रेसले भन्यो ‘उम्मेदवार सिफारिसमा कुनै शुल्क नलिनु’

    कांग्रेसले भन्यो ‘उम्मेदवार सिफारिसमा कुनै शुल्क नलिनु’

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा सिफारिसका लागि कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ ।

    उम्मेदवार सिफारिस गर्ने सन्दर्भमा नै पार्टीका तल्ला तहले शुल्क लिइरहेको भन्ने सूचनाका आधारमा कांग्रेसको केन्द्रीय कार्यालयले आइतबार उम्मेदवार सिफारिसकै लागि कुनै पनि शुल्क नलिन निर्देशन गरेको हो ।



    मुख्यसचिव कृष्णप्रसाद पौडेलले ७७ वटै जिल्ला कार्यसमितिमार्फत् प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, सबै स्थानीय तह कार्यसमिति र वडा कार्यसमितिहरूलाई सर्कुलर गरेका छन् ।



    पार्टीको विधानको व्यवस्था विपरीत हुने गरी कुनै पनि शुल्क नलिन पौडेलको निर्देशन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार