Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तरिक ऋणहरूको सेवा निलम्बन गर्दै विदेशी ऋण नतिर्ने श्रीलंकाको घोषणा

काठमाडौँ ।  श्रीलंकाको अर्थ मन्त्रालयले विदेशी ऋण नतिर्ने घोषणा गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै अर्थ मन्त्रालयले अन्तरिक अवधिका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएको हो ।

देशको वित्तीय अवस्था थप खस्कन नदिन तथा ऋण पुनर्संरचनामा सबै ऋणीलाई समतामुलक व्यवहार निश्चित गर्न सरकारले आपतकालीन उपाय अपनाइरहेको बताएको छ ।

श्रीलंकाको आर्थिक अवस्था हाल विदेशी ऋणसहित गम्भीर संकटमा फसेको विज्ञहरूले बताउँदै आएका छन् ।

यसैबीच श्रीलंकाले चीनसँग पनि थप ऋण सहायता माग गरेको छ । मंगलबार भने विज्ञप्ति जारी गर्दै विदेशी ऋण तिर्न नसक्ने जनाएको हो ।

अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बाह्य ऋण तिर्ने दायित्वबाट श्रीलंका स्वतन्त्र रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077