Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

च्याम्पियन्स लिग : चेल्सीलाई हराउँदै रियल सेमिफाइनलमा

एजेन्सी । च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको खेलमा चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा पुगेको छ।

मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा​ चेल्सीसँग ३–२ गोल अन्तरले पराजित भए पनि समग्रमा ५–४ गोल अन्तरको जित हात पार्दै रियलले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

यसअघि पहिलो लेगको खेलमा रियल मड्रिडले चेल्सीमाथि ३–१ गोल अन्तरको जित हात पारेको थियो।

मंगलबार रियलको घरेलु मैदानमा भएको खेलको १५ औं मिनेटमा चेल्सीले अग्रता लिएको थियो। दोस्रो हाफको ५१ औं र ७५ औं मिनेटमा गोल गर्दै चेल्सीले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको थियो।

तर, खेलको ८० औं मिनेटमा रोड्रिगोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। खेलको इन्ज्युरी समयमा करिम बेन्जेमाले गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077