Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

निर्वाचनमा आचारसंहिता ख्याल गर्न सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता ख्याल गर्दै स्थानीय निर्वाचनमा स्वतन्त्र भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले बुधवार विज्ञप्ति जारी गर्दै कुनै पनि दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन नगर्न आग्रह गरेका छन् ।

काउन्सिलले सामाजिक सञ्जालमार्फत यो वा त्यो दल वा दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न नगराउन हुन सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेको छ ।

यस्तै काउन्सिलले आमसञ्चारमाध्यममा आचारसंहिता पालना भए/नभएको अनुगमन गर्नका लागि विशेष अनुगमन कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

निर्वाचन आयोगले आचारसंहिता जारी गरिसकेको अवस्थामा काउन्सिलले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता पालना भए/नभएकोबारे अनुगमन गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077