Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुरबाट ८ लाख नगद सहित ११ जुवाडे पक्राउ

ललितपुर । तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका-१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077