Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बार्सिलोना युरोपा लिग फुटबलबाट बाहिरियो

एजेन्सी । बार्सिलोना युरोपा लिग फुटबलको क्वाटर फाइनलबाट बाहिरिएको छ ।

बिहीबार राति भएको क्वाटर फाइनलको दोस्रो लेगमा जर्मन क्लब फ्रान्कफुर्टसँग घरेलु मैदानमा ३–२ गोलले पराजित हुँदै बार्सिलोना बाहिरिन पुगेको हो ।

समग्रमा बार्सिलोना ४–३ गोलले पराजित भयो । यसअघि पहिलो लेगमा बार्सिलोनाले फ्रान्कफुर्टसँग १–१ गोलको बराबरी खेलेको थियो । फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई र राफेल सान्तोसले एक गोल गरे ।

बार्सिलोनाका सर्जियो बुस्केट्स र मेम्फिस डिपेले एकरएक गोल फर्काए । यो हारसँगै बार्सिलोनाको १५ खेलसम्मको अपराजित यात्रा पनि रोकिएको छ ।

यसअघि बार्सिलोना च्याम्पियन्स लिग र कोपा डेल रेबाट पनि बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077