Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल र जिम्बाबेबीच एकदिवसीय र तीन टी–२० खेल हुने

काठमाडौं । नेपाल र टेस्ट मान्यताप्राप्त जिम्बाबेको ए टिमबीच तीन एकदिवसीय र तीन टी–२० खेल हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

दुई देशबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा वैशाख १७ देखि २६ गतेसम्म आयोजना हुने क्यानले जनाएको छ ।

क्यानका अनुसार जिम्बाबेको टोली १५ वैशाखमा नेपाल आइपुग्ने छ । १७ गतेदेखि एकदिवसीय सिरिज सुरु हुनेछ । पहिलो खेल १७ गते, दोस्रो खेल १९ गते र तेस्रो खेल २१ गते हुनेछ ।

त्यसपछि टी–२० सिरिज सुरु हुनेछ। वैशाख २३, २५ र २६ गते टी–२० खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077