Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादी २१ वर्षपछि पक्राउ

काठमाडौं । सुर्खेतमा जिल्ला कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् ।

सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका ८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी शाहीलाई अदालत उपस्थित गराइसकेको जनाएको छ ।

विशेष सुराकीका आधारमा प्रदेश प्रहरी ब्युरो र प्रहरी चौकी बड्डीचौरबाट खटिएको प्रहरी टोलीले बराहताल गाउँपालिका भट्टेघारीबाट शाहीलाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीकाअनुसार विसं २०५२ चैत २ गते जिल्ला अदालतको फैसलाअनुसार जन्मकैद सजायमा कारागारमा रहेका शाही २०५८ माघ २ गते सुरुङ खनेर भागेका भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077