Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • साउदी युवराज र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच के भयो छलफल ?

    साउदी युवराज र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच के भयो छलफल ?

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 1.5K
    SHARES

    एजेन्सी। साउदी युवराज मोहम्मद बिन सलमान र चिनियाँ राष्ट्रपति सी जिनपिङले आ–आफ्ना देशबीच साझेदारी प्रवर्द्धन गर्ने उपायबारे छलफल गरेका छन् ।

    रियादले बेइजिङसँग डलरको सट्टा युआनमा तेल किन्न वार्ता गरिरहेको गत महिना रिपोर्ट आएको बेला यो छलफल भएको हो।



    १५ अप्रिलमा साउदी अरेबियाको समाचार एजेन्सी एसपीएले साउदी युवराज र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्ता भएको बताएको थियो।



    तर के छलफल भएको थियो भन्ने विवरण भने दिएन।

    उक्त वार्तामा दुई देशबीचको रणनीतिक सम्बन्ध अभिवृद्धि गर्ने प्रयास र साझा चासोका अन्तर्राष्ट्रिय विषयमा छलफल भएको प्रतिवेदनमा उल्लेख छ ।

    तर यस प्रतिवेदनमा तेलको बिक्री वा तेलको मूल्य निर्धारण गर्न वार्ता भएको उल्लेख छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार