Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनको साङ्घाईमा कडा कोभिड लकडाउनले स्थिति नाजुक बन्दै

एजेन्सी । चीनको साङ्घाईमा कडा कोभिड लकडाउन तेस्रो सातामा प्रवेश गर्ने क्रममा जबरजस्ती घरबाट निस्कने खोज्ने स्थानीय र प्रहरीबीच झडप भएको भिडियो सार्वजनिक भएको छ ।

साङ्घाईका केही आवासीय क्षेत्रलाई क्वारेन्टाइन केन्द्रका रूपमा प्रयोग गरिएको छ । कोरोना भाइरससँगको पछिल्लो संघर्षको दौरान लाखौँ व्यक्ति घर भित्र थुनिएका छन् ।

खाद्यान्नलगायतका अत्यावश्यक चिजहरू पनि अनलाइनमार्फत मगाइनुपर्ने नियम लागु गरिएको छ । भाइरस पोजिटिभ भेटिनासाथ सबैलाई क्वारेन्टाइनमा राखिने गरिएको छ ।

तर, दिनहुँ २० हजार भन्दा बढी नयाँ संक्रमित भेटिने गरेकाले सरकारलाई क्वारेन्टाइनका लागि स्थानको अभाव हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077