Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सुध्रिएनन् यी डीआइजी, अबकाशको मुखमा पनि असुली धन्दा चलाए !

    सुध्रिएनन् यी डीआइजी, अबकाशको मुखमा पनि असुली धन्दा चलाए !

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 1.4K
    SHARES

    वीरगञ्ज । अबकाशको मुखमा रहेका नेपाल प्रहरीका एक डीआइजीले असुली धन्दालाई तिब्रता दिएका छन्। मधेस प्रदेशका डीआइजी उमेश रंजितकारले असुली धन्दा चलाएका हुन। रंजितकारको असुलीले सीमा नाघेको छ ।

    रंजितकारबिरुद्द असुली धन्दा चलाएको भन्दै अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा दिनहुँ ३ वटासम्म उजुरी पर्ने गरेको छ। आइजीपी शैलेश थापा क्षेत्रीसँगै  बैशाख १९ गते अवकाश हुन लागेका डीआइजी रंजितकारले मधेस प्रदेशका ८ वटै जिल्लामा घुमुवा परिचालन गरी घुस असुली गरेका छन् ।



    डीआइजीको नाममा ८ वटै जिल्लामा घुमुवामार्फत् दररेट तय गरी मासिक घुस संकलन  गरेका छन् । स्रोतका अनुसार पर्साबाट ३५ लाख, धनुषा ३० लाख, बारा २५ लाख, महोत्तरी २५ लाख, रौतहट २५ लाख, सर्लाहीबाट २० लाख र सप्तरीबाट २० र सिरहाबाट मासिक १५ लाख लिने गरेको  भन्दै अख्तियारमा उजुरी परेको छ।



    घरेलु मदिरा र जुवाको छुट्टै लिने गरिएको स्रोतको दाबी छ । मासिक रकम संकलनका लागि घुमुवाको टीम नै प्रदेश कार्यालयबाट परिचालन गरिएको उजुरीमा जनाइएको छ ।

    पर्सामा हवल्दार राजु गुप्ता, बारामा जवान संजय जैसवाल, रौतहटमा हवल्दार राजमंगल सिंह, सर्लाहीमा असई लालजी यादवलाई परिचालन गरिएको छ । यो टोलीलाई सहयोग गर्नका लागि हवल्दार विनोद राम र जवान मन्जित यादवलाई खटाइएको छ । यी घुमुवामध्ये गुप्ताको दरबन्दी काठमाडौं हो भने संजय जैसवालको महोत्तरीमा छ । राजंगल सिंह र लालजी यादवको रौतहटमा दरबन्दी छ ।

    तराइमा सिंघम सई भनेर कहलिएका सागर राणामार्फत पनि रंजितकारले रकम लिने गरेको उजुरीमा जनाइएको छ। यसअघि उमेश रंजितकारको नाम लिएर पैसा उठाउने एक महिलालाई रौतहट प्रहरीले पक्राउ गरेको थियो।

    ती महिलाले रौतहटको गरुडास्थित नेपाल पुलिस स्कुलमा खाली रहेको शिक्षक पदमा स्थायी नियुक्ति दिलाइदिने भन्दै रंजितकारको नाम लिँदै पैसामा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार