Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरू आफैं अत्तालिए : प्रदीप ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरूभित्रै पहिरो जान शुरु भएको बताएका छन् ।

भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरू आफैं अत्तालिएको उनले बताए ।

नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरू तलसम्मै एकताबद्ध भएर जाने अवस्था नरहेको पटकपटक दोहोर्‍याए ।

गठबन्धनका लागि नेपालगञ्जमा जसपाले नमानेको, पर्साका कांग्रेसहरू आफैं असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरूलाई बलियो शक्ति मान्ने कुरा भ्रममात्रै हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077