Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तनहुँमा कांग्रेस नेता जोशी समूह र एमालेबीच चुनावी तालमेल गर्ने सहमति

    तनहुँमा कांग्रेस नेता जोशी समूह र एमालेबीच चुनावी तालमेल गर्ने सहमति

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । तनहुँमा नेपाली कांग्रेस र नेकपा एमालेबीच स्थानीय चुनावमा तालमेल हुने भएको छ । कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

    शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको बताइएको छ । गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहुँका पालिकाहरुमा एमालेसँग तालमेल गर्ने सहमति भएको जानकारी दिए ।



    उनका अनुसार एमालेसँग प्रत्येक पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवार बनाउने सहमति भएको हो । दीपकराज जोशीले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका छन् ।



    यस्तै नेकपा एमाले तनहुँ र जोशी समूहका ४/४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय समेत भएको छ । तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीबीच द्वन्द्व छ । केन्द्रमा सत्तारुढ दलबीच गठबन्धन गर्ने छलफल चलिरहेका बेला तनहुँमा भने प्रमुख प्रतिपक्ष दलसँग कांग्रेस चुनावी तालमेल गर्न लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार