Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेले डाक्यो केन्द्रीय सचिवालय बैठक, स्थानीय निर्वाचनबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक डाकेको छ । सोमबार बेलुका साढे ६ बजे सचिवालय बैठक बस्न लागेको हो ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार प्रतिबद्धतापत्रलगायत स्थानीय तहको निर्वाचनकै विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्नेछ । केन्द्रीय सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवारहरुको विषयमा पनि छलफल गरेर आवश्यक निर्णय लिने बताइएको छ।

एमालेले बैशाख ९ गते पार्टी स्थापना दिवसको अवसर पारेर प्रतिबद्धता पत्र सार्वजनिक गर्ने गरी तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077