Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अखिल क्रान्तिकारीले पायो अधिवेशन भएको ७ महिनापछि पूर्णता

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले पूर्णता पाएको छ । गत असोजमा अखिल क्रान्तिकारीको अधिवेशन भएको थियो ।

अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो । शनिबार र आइतबार बसेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेता हितमान शाक्य, अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुंगो लगाएको हो ।

अखिल क्रान्तिकारीको पदाधिकारी ४१ सदस्यीय बनेको छ । इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, मिलन एमसी लक्ष्मी जोशीसहित १९ जना उपाध्यक्ष बनेका छन् ।

महासचिवमा दिपेश पुन चयन भएका छन् । कोषाध्यक्षमा भुषण शाही चयन भएका छन् । अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी यसअघि १९९ सदस्यीय हुने भनिए पनि आइतबारको बैठकले २९९ सदस्सीय हुने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077