Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चुनावी घोषणापत्रबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । स्थानीय तह निर्वाचनको तयारी, चुनावी घोषणापत्र, उमेदवार छनोटलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा साँझ ६ बजे बैठक बस्ने बताइएको छ । विशेषगरी घोषणापत्रलाई अन्तिम रूप दिने तयारी छ ।

एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको कार्यदललाई घोषणापत्र तयार गर्न जिम्मेवारी दिएको थियो । बैशाख ९ गते केन्द्रमा घोषणापत्र र स्थानीय सबै तहमा प्रतिवद्धता पत्र सार्वजनिक गने एमालेको तयारी छ ।

सचिवालय बैठकअघि आजै एमालेको केन्द्रीय कार्यालयको बैठक पनि बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077