Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोरोना संक्रमणबाट चीनको संघाईमा लकडाउनपछि पहिलो संक्रमितको मृत्यु

एजेन्सी । कोरोना भाइरस फैलिएको चीनको संघाई सहरमा लकडाउनपछि पहिलो पटक सङ्क्रमितको मृत्यु भएको छ ।

संघाई सहरको प्रशासनले दिएको जानकारीअनुसार कोरोना संक्रमणको कारण अस्पतालमा उपचार गराइरहेका उनीहरुको मृत्यु भएको हो।

प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अस्पताल पुगेपछि पनि तीनजनाको अवस्था झन् गम्भीर भयो र सबै प्रयासका बाबजुद उनीहरुलाई बचाउन सकिएन।’

संघाई प्रशासनका अनुसार मृत्यु भएका तीनजनाको उमेर ८९ देखि ९१ वर्षको बीचमा थियो। यसअघि गत मार्च महिनामा चीनको जिलिन प्रान्तमा कोरोना संक्रमणको कारण दुईजनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077