Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • निर्वाचन प्रभावकारी बनाउन कांग्रेस केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना

    निर्वाचन प्रभावकारी बनाउन कांग्रेस केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 954
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना गरेको छ ।

    उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णय अनुसार प्रदेश डेस्क स्थापना गरिएको हो ।



    यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना गरेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



    सातवटै प्रदेश डेस्कसँग केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने गरी सहमहामन्त्रीहरू प्रदेश डेस्कको संयोजक तोकिएका छन् । सहमहामन्त्री उमाकान्त चौधरीले कुनै जिम्मेवारी पाएका छैनन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार