Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेता पौडेलले भने- गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन्

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले सत्तारुढ दलहरूको गठबन्धन व्यवस्था बचाउनका लागि भएको बताएका छन् ।

नेविसंघको स्थापना दिवसलाई मंगलबार सम्बोधन गर्दै पौडेलले मुलुकमा परिवर्तन ल्याउनका लागि आगामी संघीय निर्वाचनसम्मका लागि मिलेर जानुपर्ने बताए ।

उनले सत्तारुढ गठबन्धनको तागत देखेर प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी ओली हतासको अभिव्यक्ति दिइरहेको पनि बताए ।

उनले भने 'यो गठबन्धन सत्ताका लागि होइन, व्यवस्थाका लागि हो । यो गठबन्धन शेरबहादुर देउवालाई प्रधाानमन्त्री बनाउका लागि होइन, यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउनका लागि हो,' उनले भने, 'यो गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन्, हतास भएका छन् र हतासमा अभिव्यक्ति दिइरहेका छन् ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077