Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीनले गर्‍यो सोलोमन आईसल्याण्डसँग सुरक्षा सम्झौता

एजेन्सी । चीनले सोलोमन आईसल्याण्डसँग सुरक्षा सम्झौता गरेको छ । दुई देशबीच यसै हप्ता सुरक्षा सम्झौतामा हस्ताक्षर भएपछि अस्ट्रेलिया, न्यूजिल्यान्ड र अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् ।

सम्झौताका सर्तहरु सार्वजनिक भएका छैनन् । तर सम्झौतामा चिनियाँ युद्धपोत सोलोमन आईसल्याण्डमा तैनाथ गर्न अनुमति दिइने र शान्ति कायम राख्ने सहयोग आवश्यक भएमा चीनले सुरक्षा फौज पठाउन सक्ने उल्लेख गरिएको अस्ट्रेलियाको दाबी छ ।

यसअघि चीनसँगको सम्झौता रोक्न अस्ट्रेलिया सरकारले गरेको प्रयासमा सोलोमन आईसल्याण्डले अस्वीकार गरेको थियो । अस्ट्रेलिया सोलोमन आईसल्याण्डको सबैभन्दा ठूलो दातृराष्ट्र हो ।

सोलोमन आईसल्याण्डका प्रधानमन्त्री मुनासे सोगुभारेले यो सम्झौताले प्रशान्त क्षेत्रको शान्ति र सद्भाव नबिथोल्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077