Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जसपालाई जनकपुर दिएपछि कांग्रेसमा चरम असन्तुष्टि

    जसपालाई जनकपुर दिएपछि कांग्रेसमा चरम असन्तुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । स्थानीय तह निर्वाचनकाे लागि जनकपुरधाम उपमहानगपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई दिने सहमति भएपछि नेपाली कांग्रेसमा चरम असन्तुष्टि बढेको छ ।

    कांग्रेस नगरसभापति मनोजकुमार साहले केन्द्रदेखि नगर गठबन्धनको बैठकमा पनि जनकपुरधाम कांग्रेसले राख्नुपर्ने अडान राखे पनि केन्द्रीय गठबन्धनबाट जसपा नेपालको भागमा परेपछि असन्तुष्टि बढेको हो ।



    सोही असन्तुष्टिका कारण साह नेतृत्वमा आजै २ बजे पत्रकार सम्मेलन गरी आवाश्यक निर्णय लिने तयारी भएको छ ।



    सम्भवतः पार्टीवाट राजीनामा दिएर साह नेतृत्वमा जनकपुर धाममा स्वतन्त्र उम्मेदवारी दिने बारेमा निर्णय लिने बुझिए पनि औपचारिक जानकारी भने अझै गराइएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार