Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालको कूल वैदेशिक व्यापार घाटा १३ खर्ब ६ अर्ब

काठमाडौं । नेपालको कूल वैदेशिक व्यापार घाटा १३ खर्ब पुगेको छ ।

चालु आर्थिक वर्षको नौ महिनामा वैदेशिक व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ पुगेको हो ।

भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको वैदेशिक व्यापार घाटा २८.४७ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सोही अवधिको तुलनामा यस वर्ष कूल वैदेशिक व्यापार ३४.९१ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षको साउन देखि चैत मसान्तसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख ६६ हजार रुपैयाँको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077