Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालगञ्जमा माओवादी केन्द्रले तोड्यो गठबन्धन, एक्लै चुनाव लड्ने घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रको नेपालगन्ज उपमहानगरपालिका कमिटीले गठबन्धन तोडेको छ ।

नेपालगञ्जमा मेयर र उपमेयर पद आफ्नो पार्टीको भागबण्डामा नपरेपछि नेपालगञ्जका माओवादी नेताहरुले पत्रकार सम्मेलन गरी नेपालगञ्ज तथा नेपालगञ्जको २३ वटै वडामा एक्लै चुनाव लड्ने घोषणा गरेका हुन् ।

तर, स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रलगायत ५ दलीय गठबन्धन निर्माण राष्ट्रिय राजनीतिको आवश्यकता भएको भन्दै यसलाई राजनीतिक रुपमा भने स्वीकार्ने कमिटी अध्यक्ष रतन शाहीले शनिबार विज्ञप्ति जारी गर्दै जानकारी दिए ।

केन्द्रीय गठबन्धनको मूल मर्मविपरीत नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेका गठबन्धनसम्बद्ध दलहरु नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले प्रमुख र उपप्रमुख प्राप्त गरेको उल्लेख गर्दै ती दलहरुले गठबन्धनको मूलभावनाविपरीत वडाहरुमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाने भनिसकेपछि नेपालगन्जमा गठबन्धनको औचित्य समाप्त भएको शाहीले जनाएका छन्।

जिल्ला अध्यक्ष शाहीले पत्रकार सम्मेलन गरी २०७४ सालको स्थानीय तहको निर्वाचनामा पाएको मतपरिणम र गठबन्धन दलको हिसाबमा माओवादी केन्द्र दोस्रो स्थानमा रहे पनि नेपालगञ्जमा उपमेयरसमेत नपाएकाले एक्लै चुनाव लड्ने निर्णयमा पुगेको बताए ।

सत्तारुढ गठबन्धनबिच नेपालगञ्जको मेयर जनता समाजवादी पार्टीलाई र उपमेयर नेपाली कांग्रेसलाई दिने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077