Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

देउवाको गृह जिल्लामा विपी काँग्रेस र एमालेबीच तालमेल

काठमाडौं । डडेल्धुराका ७ वटै पालिकामा नेकपा एमाले र कर्ण मल्ल पक्षीय विपी काँग्रेसबीच तालमेल गर्ने सहमती भएको छ ।

पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले काँग्रेस विपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो ।

आइतबार स्वाउबारी भ्यू टावरमा भएको दुई पक्षीय बैठकले जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्न भागबन्डा गर्ने निर्णय गरेको छ।

निर्णयमा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रकाश साउद र नेपाली काँग्रेस विपीका जिल्ला जिल्ला सभापति तिलक हमालले हस्ताक्षर गरेको बताइएको छ ।

मल्ल पक्षले स्थानीय तह निर्वाचनका लागि टिकट बाँडफाँड गर्दा अन्यायमा परेका नेताहरुलाई सम्बोधन नगरे छुट्टै पार्टीबाट चुनाव लड्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077