Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • काभ्रे कांग्रेसमा विवाद :

    नमोबुद्धमा मेयरका आकांक्षी रोशन पाण्डेमाथि अर्का आकांक्षी कुन्साङले गरे कुटपिट

    नमोबुद्धमा मेयरका आकांक्षी रोशन पाण्डेमाथि अर्का आकांक्षी कुन्साङले गरे कुटपिट

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका मेयरका आकांक्षी रोशन पाण्डेमाथि कुटपिट भएको छ । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेसको भागमा परेको नमोबुद्ध नगरपालिकामा टिकट वितरण सम्बन्धी विवाद हुँदा नेपाली कांग्रेसबाट मेयरका दाबेदार रोशन पाण्डे कुटिएका हुन् ।

    पाण्डेमाथि कांग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाले कुटपिट गरेको पीडित पाण्डेले अनलाइन नेपाललाई बताए । कुटपिटबाट घाइते पाण्डेको शीर मेमोरियल अस्पताल, बनेपामा सामान्य उपचारपछि काठमाडौं रेफर गरिएको छ । आक्रमणबाट पाण्डेको शरीरको विभिन्न ठाउँमा चोट लागेको छ भने टाउको सुन्निएको छ ।



    आइतबार साँझ बनेपा भिलेज रिसोर्टमा गठबन्धनको बैठक बसिरहेका बेला लामाको समूहले पाण्डेपाथि सांघातिक आक्रमण गरेको हो । आफू बसेको स्थानमा आएर लामाले एक्कासी आक्रमण गरेपछि उनका समूह नै पाण्डेमाथि खनिएको थियो ।



    पीडित पाण्डेले भने–‘उहाँ एक्कासी म भएतिर आउनु भयो, मैले दाइ नमस्ते भन्दै थिएँ, उहाँले केही नभनी मुक्का हान्नुभयो । उहाँले हानेपछि सँगै भएका अरुले पनि हातमा जे जे छ, त्यसले हिर्काए ।’

    कुटिएका पाण्डेले जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा किटानी जाहेरी दिने तयारी गरेका छन् । कांग्रेस जिल्ला सभापति तीर्थ लामा पक्षका कुन्साङ लामा काभ्रेमा विवादित व्यक्तिका रुपमा चिनिन्छन् ।

    बहुविवाहका कारण स्थानीय तहमै विवादित छवी बनाएका कुन्साङ मेयरका आकांक्षीमाथि हातपात गरेपछि झन विवादमा तानिएका छन् । कुन्साङको यस्तो हर्कतका कारण कांग्रेसका केन्द्रीय स्तरमा समेत टिकट वितरणमा विचार पुर्याउनुपर्ने आवाज उठिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार