Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीको झडप नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार, एकजना पक्राउ

काठमाडौं । सिन्धुपाल्चोकमा माओवादी केन्द्रका कार्यकर्ताबीच दोहोरो झडप भएको छ ।

स्थानीय तहको उमेदवारी मनोनयनलाई लिएर टिकट पाउने र नपाउने माओवादीका दुई पक्षबीच झडप भएको हो । विवाद बढ्दै गएपछि प्रहरीको केही राउन्ट अश्रुग्याँस प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षकुमार बस्नेतकाअनुसार चौतारा नगरपालिकामा–५ मा असन्तृष्ट पक्षमा सुरुमा आफ्नै पार्टी कार्यालयमा तोडफोड गरेका थिए ।

त्यसपछि उमेदवारी दिन जाने क्रममा बाटोमा समेत अवरोध गरेका थिए । घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077