Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मनोनयन दर्ता सकिएको भोलिपल्ट ओलीको आरोप-गठबन्धन अझै चुनाव सार्ने प्रयत्नमा छ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन सार्ने प्रयास अझै भइरहेको आरोप लगाएका छन् ।

मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा मंगलबार सानेपामा बोल्दै ओलीले चुनाव सार्नका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतको गठबन्धन लागिपरेको बताएका हुन् ।

'यो गठबन्धन अपराधको श्रृंखलाबाट सिर्जना भएको अपराधी कुराबाट अपराधी तरिकाले सिर्जना भएर अपराधका लागि जन्मिएको यो गठबन्धन प्रतिगामी गठबन्धन भएको हुनाले यसले चुनाव सार्ने भरपूर कोसिस गर्‍यो, अझै पनि मुद्दा हालेर चुनाव सार्न सकिन्छ कि भनेर परामर्श भइराख्या छ वकिलहरूसँग,' उनले भने ।

एमालेले कुनै पनि हालतमा चुनाव सार्न नदिने ओलीले बताए । उनले भने, 'यसले चुनाव सार्न सक्दैन । अब चुनाव सार्ने कुरा हामी कुनै हालतमा मान्दैनौं, दिँदैनौं ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077