Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

अनलाइनबाटै भयो दुई सय कर्मचारीको सरुवा

अनलाइनबाटै भयो दुई सय कर्मचारीको सरुवा

आइतवार , श्रावण १०, २०८३

काठमाडौं । सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सरुवा सुरु गरेको छ । त्यस अनुसार एक हजार सात सय ५० जना कर्मचारीले अनलाइन प्रणालीबाट सरुवाका लागि निवेदन दिएका छन् । 

विगत लामो समयदेखि झाँगिदै आएको कर्मचारी सरुवाको बेथिति अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटलमैत्री बनाएको हो । यसको कार्यान्वयन अनलाइन सरुवा प्रणालीबाटै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा निवेदन दिई सुरु भएको छ ।

मन्त्रालयमा अनलाइन प्रणालीबाट सरुवाका लागि निवेदन दिने कर्मचारीको सङ्ख्या एक हजार सात सय ५० भएको मन्त्रालयले जनाएको छ । अहिले औसतमा दैनिक ८० जनाभन्दा बढी कर्मचारीले अनलाइन प्रणालीबाटै सरुवाका लागि निवेदन दिने गरेका छन् । 

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएदेखि नै सरकारले शासकीय सुधार गर्ने उद्देश्यले सरकारी कामलाई सुशासन, प्रविधि र सेवाग्राहीमैत्री बनाउने नीतिलाई उच्च प्राथमिकता दिँदै आएको छ । सरकारको सोही नीति अनुसार मन्त्रलयमा भौतिक उपस्थितिमा सरुवाको निवेदन निषेध गरिएको छ । अनलाइन प्रणालीबाट मात्रै सरुवाका लागि निवेदन लिने गरिएको छ । 

मन्त्रालयका सहसचिव धोलकराज ढकालले सरुवाका लागि निवेदन दिने अधिकांश कर्मचारीको रोजाइ सुगम क्षेत्रका कार्यालय रहेका छन् ।

कर्मचारी सरुवामा भनसुन र पहुँचका भरमा आफूअनुकूलको कार्यालयमा सरुवा नहुने भएपछि सरुवाका लागि कर्मचारीले विकल्पसहित सुगमका कार्यालयमा सरुवाका लागि निवेदन दिएका हुन् । गोरखापत्रबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077