Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बागी उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिले स्वतन्त्र चिन्ह लिँदै बागी उम्मेदवार दिनेलाई फिर्ता लिन निर्देशन दिएको छ।

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन माओवादीले निर्देशन दिएको हो ।

माओवादी बागमती प्रदेश प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीले मंगलबार विज्ञप्ति जारी गरेर पार्टी र गठबन्धनविरुद्ध स्वतन्त्र चिन्ह लिँदै बागी उम्मेदवार दिने पार्टीका सबै सदस्यलाई वैशाख १५ गतेभित्र अनिवार्य उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णयविपरीत कदम नचाल्नका लागि निर्देशन गरेका छन्।

१५ गतेभित्र सबै बागी उम्मेदवार मनोनयन फिर्ता नलिए पार्टीको निर्वाचन निर्देशिकाअनुसार सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाइने माओवादीले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077