Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अछाममा चक्कु प्रहार : चार जना घाइते, एक जना पक्राउ

अछाम । अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् ।

ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहारबाट घाइते भएका हुन् ।

स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ ।

स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको भएकाे थियाे । यही अवस्थामा तपेन्द्र बुढाको समूहले चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ । तपेन्द्र प्रहरी नियन्त्रणमा छन्। अन्य फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077