Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

धनगढीमा वडाअध्यक्षसहित ५७ जनाले दिए काँग्रेसबाट राजीनामा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–४ मा नेपाली काँग्रेसबाट वडाध्यक्ष बनेका दिपक थापासहित ५७ जना कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।

निवर्तमान वडाध्यक्ष थापा र वडा नम्बर ४ पूर्व वडा सभापति अनन्तराज जोशी, छत्र बडेला लगायतले विहीवार पत्रकार सम्मलेनको आयोजना गर्दै काँग्रसबाट राजीनामा दिएका हुन्।

आसन्न स्थानीय तहको निर्वाचनका लागि वडा नम्बर ४ मा ११ जना अध्यक्ष पदका लागि तथा २२ जना सदस्य पदका लागि उम्मेदवार रहेकोमा कसैसँग पनि छलफल नगरि एकलौटी ढंगले टिकट वितरण गरेको उक्त समूहले आरोप लगाएको छ । गत निर्वाचनमा काँग्रेस वडा नम्बर ४ बाट बुद्धि खड्काले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र लडेका थिए ।

थापाले पार्टीले कारवाही गरेको व्यक्तिको टिकट रोक्न ९९ जना क्रियाशील सदस्यहरुको हस्ताक्षर सहित दिएको निवेदनको कुनै सुनुवाइ नभएपछि सामुहिक राजिनामा दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077