Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले कारबाही गरेपछि मल्लले त्यागे सांसद पद

कैलाली । सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सभा सदस्य पद त्याग्ने घोषणा गरेका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन् ।

‘पार्टीको विधान कुल्चेर मलाई दोस्रो पटक नेपाली काँग्रेसको साधारण सदस्यसमेत नरहने गरि हटाइएको छ,’ उनले भने, ‘मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित सांसद पदमा बसिरहन नैतिकताले दिँदैन्। आजदेखि म प्रदेश सभा सांसद नरहेको सञ्चार माध्यमबाट घोषणा गर्दछु।’

आसन्न स्थानीय तहको निर्वाचनमा उनले नेपाली काँग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेका थिए । सोही विषयमा कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077