Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अपहरण गरेको आरोपमा पाँचजना पक्राउ

काठमाडौं । काठमाडौंको सिनामंगलबाट एक जनालाई अपहरण गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । बिहीबार राति ८ बजे काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित सडकबाट एक व्यक्तलाई अपहरण गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

बिहीबार राति बा १६ च ४७७३ नम्बरको स्कार्पियो गाडीमा चाररपाँच जनाको समूहले एक व्यक्तिलाई जबरजस्ती गाडीमा हालेर लगेको भन्ने खबर प्रहरीलाई आएको थियो । त्यसपछि मेट्रो कन्ट्रोल कक्षबाट काठमाडौंका सबै इकाइलाई खबर गरी अलर्ट बनाएर उनीहरुको खोजीकार्य गरिएको थियो ।

प्रहरी वृत्त गौशाला र ट्राफिक प्रहरी गौशालाको टोलीले साढे ८ बजे नै काठमाडौं महानगर-९ पानो बानेश्वरस्थित सडकबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

पक्राउ पर्नेमा सुर्खेत घर भई भक्तपुर सानोठिमी बस्ने निरज केसी, चितवन घर भई ललितपुरको चाँगाथली बस्ने सौजन्यसिंह ठकुरी, भक्तपुर ठिमीका आशिष कोजु, रुकुम पश्चिम घर भई सानोठिमी बस्ने २शिव सज्जन वली र सिन्धुपाल्चोकका २५ वर्षीय सन्तोष न्यौपाने रहेको उनले बताए ।

प्रहरीले अपहरण गर्न प्रयोग भएको बा १६ च ४७७३ नम्बरको गाडी नियन्त्रणमा लिएको छ । उनीहरूमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१७ को देहाय २११ को अपहरण गर्न नहुने कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिई प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077